केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिस कण्डम प्रतियोगिता !

सहयात्रा टिभी

डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाइन्छ । यो दिन एड्सबारे जानकारी दिन विश्वभर नै विविध कार्यक्रम गरिन्छ । तर यी कार्यक्रमहरुमध्ये सबैभन्दा अनौठामध्येको एक चाँही थाइल्याण्डमा भएको छ ।

एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना भएको उक्त कार्यक्रम त्यहाँको सबैभन्दा चर्चित सेलिब्रेसन पनि हो । वास्तवमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिता हुन्छ । यस अवसरमा त्यहाँ सुन्दरीहरुबीच कण्डमलाई बेलुन जस्तै गरी फुलाउने प्रतियोगिता हुन्छ ।

सुरक्षित यौन सम्बन्ध तथा यौन रोगबाट बच्नका लागि मानिसहरुमा जागरुकता बढाउन यो प्रतियोगिताको आयोजना गर्ने गरिएको हो । प्रतियोगितामा विभिन्न ४ देशका सुन्दरीहरु सहभागी भए् । कण्डमलाई सबैभन्दा ठूलो हुनेगरी फुलाउने सुन्दरीले मिस कण्डमको ताज जित्छिन् । मिस कण्डमको ताजसँगै एक हजार भाट नगद पुरस्कार पनि दिइन्छ । यस अवसरमा मानिसहरुलाई निःशुल्क रुपमा कण्डम वितरण पनि गरिन्छ । यो प्रतियोगितालाई एक जना सांसदले प्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेका छन् । त्यसैले ती सांसदको नाम नै मिस्टर कण्डम दिइएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्