बेइजिङमा वायु प्रदुषण २७ प्रतिशतले कमी

सहयात्रा टिभी

चीनको बेइजिङमा यस वर्षको शीतकालमा वायु प्रदुषणमा उल्लेखनीय रूपमा कमी आएको छ । चीनको वातावरण संरक्षण मन्त्री ली गान्जियाले बेइजिङको वायुमा पाइने धूलोको कणको मापन २.५ तहमा आएको जानकारी दिएका छन् । यो गत वर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस वर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो ।

बेइजिङमा शीतकालिन महिनामा वायु प्रदुषणको मात्रा बढ्ने गर्दछ । सरकारले राजधानीलगायतका शहरमा वायु प्रदुषणको समस्या निकै संकटोन्मुख दिशातर्फ जान थालेपछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइला प्रयोगमा नियन्त्रण गर्नेलगायतका उपाय लिएको थियो । लीले चीनले वातावरणीय प्रदुषणमा विगत पाँच वर्षको समयमा अभूतपूर्व सफलता मिलेको बताएका छन् । सिन्ह्वा

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्