आनन्द कार्कीले ल्याए ‘फूल्न त फूल्यौ’

सहयात्रा टिभी

काठमाण्डौं । गायक आनन्द कार्की नयाँ गीत ल्याएर दर्शक–स्रोता माझ आएका छन् । उनी ‘फूल्न त फूल्यौ’ बोलको गीत ल्याएर आएका हुन् । एल्बम नबिर्सामा समाबेश यो गीतमा राजनराज शिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबाहादुर थापा मगरको शब्द सुन्न सकिन्छ ।

प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजिक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । जहाँ मोडल अनिल थापा, श्रृष्टि र पूराना कलाकार उमेश मायालुको अभिनय देख्न सकिन्छ । कुनै समय एकछत्र राज गरेका गायक कार्की पछिल्लो समय पनि आफूलाई उत्तिकै सक्रिय बनाउने प्रयासमा छन् ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्