सशांक कोइरालाको गाडीमा आगजनी

सहयात्रा टिभी

कावासोती । नवलपुरको देवचुलीमा कांग्रेस उम्मेद्वार सशांक कोइरालाको चुनाव प्रचारमा प्रयोग भएको कारमा आगजनी भएको छ ।
नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेद्वार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा अज्ञात समूहले गए राति आगजनी गरेको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । नवलपुर–१ का कांग्रेस महामन्त्री समेत रहेका सशांक कोइरालासँग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्