केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज रातिदेखि मौन अवधि

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्य रातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि सोमबार राति राति १२ बजेबाट शुरु हुँदैछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार–प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुकलगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेद्वारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगका प्रवक्ता ढकालले बताएका छन् । दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेद्वार प्रतिष्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

प्रकाशित : 4 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्