विदेशको माग अनुसार नेपाली चियाको आपूर्ति कम

सहयात्रा टिभी

इलाम । विदेशमा नेपाली चियाको माग वर्षेनी बढिरहेको छ । तर, विदेशको मागअनुसार अर्गानिक चिया उत्पादन गर्न नसकिरहेको किसान तथा व्यवसायी बताउँछन् ।

चिसो महिनामा चियाको मुना कम उत्पादन हुने भएका कारण विदेशको माग अनुसार चिया उत्पादन हुन नसकेको उनीहरुको भनाई छ । इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बा चियाको याम सकिएर कारखानामा अहिले दैनिक ५ सय किलो मात्र हरियोपत्ति आइरहेको बताउँछन् । कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ । कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन हुने गरेको छ । कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको सुब्बा बताउँछन् । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पु¥याउन नसकिएको सुब्बाले जानकारी दिए ।

कारखानामा उत्पादन भएको चिया प्रतिकिलो ८ सय देखि १५ हजारसम्ममा विक्री हुँदै आएको छ । कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १ सय रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् । कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेशसन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण गरेको छ । सो कारखानाले उन्नतिबाट एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बा जानकारी दिए ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्