सुनसहित समातिए चिनियाँ नागरिक

सहयात्रा टिभी

काठमाण्डौं । अवैध सुनसहित एक चिनियाँ नागरिक काठमाण्डौंस्थित अन्तर्राष्ट्रिय बिमानस्थलबाट समातिएका छन् ।
एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाण्डौं आएका चिनियाँ नागरिक राहदानी नम्बर ई ००१००९८६ वाहक चुजीहुमालाई ४ थान सुनको साधारण बाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुनसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा बरामद सुन बिमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने पक्राउ परेका चिनियाँ नागरिक महानगरीय प्रहरी प्रभाग कोटेश्वरको थुनामा छन् ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्