केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नगरकोटमा भ्यूटावर र होटल

सहयात्रा टिभी

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न आधुनिक भ्यूटावरसहितको होटल निर्माण गर्ने भएको छ ।

नगरपालिकाका प्रमुख सोम मिश्रले यसबारे जानकारी दिंदै नगरपालिकाले नगरकोटको बतासेडाँडामा १० तलाको भ्यूटावरसहितको होटल निर्माण गर्ने जानकारी दिए । एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यूटावरबाट आठ वटा हिमशृङ्खला देख्न सकिने, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड, चार वटा लिफ्ट, लक्जरी रुम र दशौं तलामा रिभोलिङ अर्थात् घुम्ने रेस्टुरेन्टको समेत व्यवस्था गरिने नगर प्रमुख मिश्रले बताए ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा यसै वर्षदेखि निर्माण शुरु गरिने उक्त भ्यूटावरसहितको होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० देखि ३० वर्षसम्मका लागि लगानी गर्ने प्राइभेट कम्पनीलाई दिएर नगरपालिकाको स्वामित्वमा आउने गरी व्यवस्थापन मिलाइएको छ ।

सांस्कृतिक संग्रहालय, सपिङ सेन्टर, मूर्तिकला कला तथा हस्तकला, सभा हल, फिटनेस सेन्टर, लक्जरी रुम, सूर्योदय हेर्ने भ्यूटावर, पौडीपोखरीलगायतको संरचना रहने छन् । एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमध्ये १४ हजार ५ सय वर्ग फिट क्षेत्रफलमा संरचना निर्माण हुने साई संकेत नेपालका अध्यक्ष गोकर्ण खनालले जानकारी दिए ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्