केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनविरोधी आतंक रोक्न माग

सहयात्रा टिभी

पोखरा । मानवअधिकार संरक्षण मञ्च कास्कीले केही दिनदेखि देशका विभिन्न भागमा निर्वाचन विरोधी आतंकपूर्ण घटना बढ्दै गएकाले त्यस्ता क्रियाकलाप रोक्नेतर्पm पहल गर्न सरकारसँग माग गरेको छ ।

मञ्चले मंगलबार साँझ प्रकाशित गरेको विज्ञप्तिमा राजधानीमा समेत एकपछि अर्को गर्दै उम्मेद्वार केन्द्रित गरी सार्वजनिकस्थल, सवारीसाधन र व्यक्तिका घर कम्पाउण्डमा समेत बम विष्फोट गराउने घटना दैनिकजसो हुने गरेकाले स्वतन्त्रपूर्ण निर्वाचन प्रक्रियामा सरिक हुन पाउने नागरिक अधिकार कुण्ठित हुने आशंका पैदा भएको उल्लेख छ ।

व्यक्तिले निर्धक्क अभ्यास गर्न पाउने स्वतन्त्रतापूर्ण हकको संरक्षण हुनुपर्नेमा आतंकपूर्ण घटना दिनानु दिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मञ्चका अध्यक्ष नवदत्त ढुङ्गानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्ति तथा समूहलाई पक्राउ गरी कडाभन्दा कडा कार्बाही गर्न माग पनि गरिएको छ ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्