अध्यक्ष ओली, सिटौला र कार्कीले पाएनन् आफूलाई मतदान गर्न

सहयात्रा टिभी

झापा । झापामा उत्साहजनक रुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेद्वारले आफूले आफैंलाई मतदान गर्न पाएनन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफूले आफैंलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृह जिल्ला हो । तर, नेकपा एमालेका अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न नपाएका हुन् ।

यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि कांग्रेस नेता सिटौलाले आफूले आफैंलाई मतदान गर्न नपाएका हुन् । वाम गठबन्धनका तर्फबाट झापा–१ बाट उम्मेद्वार बनेका कार्कीको मतदाता नामावली काठमाण्डौं–१ मा भएकाले उनले पनि आफूले आफैंलाई मतदान गर्न नपाएका हुन् । एमाले अध्यक्ष ओली झापा—५, कांग्रेस नेता सिटौला झापा–३ र नेकपा माओवादी केन्द्रका नेता कार्की झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्