केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हवाई कार्बाहीमा तालिवानका कमाण्डर मारिएको पुष्टि

सहयात्रा टिभी

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कार्बाहीमा एक जना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टि भएको छ ।

गत आइतबार गरेको हवाई कार्बाहीको क्रममा कम्तीमा तीन जना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टि गरेको हो । उक्त सैन्य बलले गरेको कार्बाहीका क्रममा मुल्लाह साह वाली नामक कमाण्डर मारिएका थिए । मुल्लाह अफगानिस्तानको हेल्मण्ड प्रान्तका कमाण्डर रहेको बताइएको छ । उक्त प्रान्तको एक स्थानीय नगरमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका थिए ।

एक सवारी साधनमा रहेका तालिवान आतंककारी समूहलाई लक्ष्य गरी अफगान हवाई सुरक्षाबले गरेको यस कार्बाहीमा परी ती तालिवान प्रान्तीयस्तरका कमाण्डर मारिएका नेटो सैन्य बलले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । साथै अन्य छ जना कमाण्डर नै घाइते भएका गजनी प्रान्तका प्रहरी प्रमुख मोहम्मद जमानले जनाएका छन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्