दोलखामा ५.२ रिक्टरको परकम्प

सहयात्रा टिभी

दोलखा । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’ को परकम्प गएको छ । आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए ।

दोलखा सदरमुकाम चरिकोट नजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुस भएको जनाइएको छ । वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४८७ परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्