केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुकुम पूर्वमा वाम गठबन्धनकी रोका विजयी

सहयात्रा टिभी

रुकुम । रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कमला रोका विजयी भएकी छन् । रोकाले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।

जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेकी रोका माओवादी केन्द्रका उम्मेद्वारमध्ये पहिलो विजेता बनेकी हुन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेद्वारले अग्रता लिएका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्