नुवाकोटमा वामको अग्रता

सहयात्रा टिभी

नुवाकोट । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।
बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार डा. रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेद्वार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा रहेका छन् । नेकाका उम्मेद्वार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गरेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ९ ‘क’ मा माओवादी केन्द्रका उम्मेद्वार राधिका तामाङ एक हजार ५२५ मतका साथ अग्रस्थानमा रहेकी छन् भने नेकाका उम्मेद्वार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेद्वार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा एमालेका उम्मेद्वार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेद्वार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा माओवादी केन्द्रका उम्मेद्वार हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेद्वार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गरेका छन् । नुवाकोटमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कूल छ पदका लागि ४६ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्