मतपेटिकालाई लक्षित गरी दुई वटा बम विष्फोटन

सहयात्रा टिभी

डडेल्धुरा । डेल्धुराको भित्री मधेस क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।
आज बिहान जिल्लाको भित्री मधेस क्षेत्रको परर्शुराम नगरपालिका–१२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बम विष्फोटनबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

त्यसैगरी भित्री मधेसकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विष्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विष्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म ११७ वटा मतदान केन्द्रमध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी गराए ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्