म्याग्दी र बझाङमा एमालेको जीत

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचनको घोषित परिणामअनुसार एमालेले थप दुई स्थान जितेको छ । म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा र बझाङमा एमालेकै भैरवबहादुर सिंह निर्वाचित भएका छन् ।

म्याग्दीमा थापाले २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाएका छन् । बझाङमा एमालेका सिंहले ३४ हजार ६ सय १२ मत पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत पाएका छन् । अहिले ४५ जिल्ला अधिकांश क्षेत्रमा वाम गठबन्धन अगाडि देखिएको छ ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्