केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजन भट्टराईलाई पराजित गर्दै गगन थापा बिजयी

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा बिजयी भएका छन् । थापाका प्रतिद्धन्दी वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५ सय ५८ ल्याएर बिजयी भएका भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

उनका प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले जम्मा १८ हजार १ सय ४० मतमात्र प्राप्त गरे । त्यस्तै, विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले भने ३ हजार ४० मत ल्याएकी छन् ।

प्रकाशित : 9 December, 2017

प्रतिक्रिया दिनुहोस्