जनकपुरले टस जितेर चितवनलाई फिल्डिङको निम्तो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७, नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो।

आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरले लगातार असफल हुँदै आएका अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा राखेको छ।
त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान टिममा फर्किएका छन् ।
आज जनकपुरलाई जित्नैपर्ने दबाब छ । पराजित भएमा चितवन बाहिरिनेछ । जितेमा पनि अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने छ ।
हाल जनकपुर ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । ४ अंक भएको अर्को टोली कर्णाली याक्स हो जसले चितवनसँगै खेल्न बाँकी छ ।
५ खेलमा ५ अंक रहेको चितवनले आजपछि कर्णालीसँग पनि खेल्न बाँकी रहेकाले ९ अंकसम्म पुग्ने अवस्थामा छ ।
आजको खेलमा चितवन विजयी भएमा कर्णाली याक्स पनि एक खेल अगावै बाहिरिनेछ ।
उक्त अवस्थामा चितवन, काठमान्डु र विराटनगरमध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ ।
पोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ भने लुम्बिनी र सुदुरपश्चिम प्लेअफमा पुगिसकेका छन् ।
