केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी

सहयात्रा टिभी

झापा । प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेद्वार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा (एमाले) का उम्मेद्वार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गरेका छन् ।
यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क) मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी भएका छन् भने (ख) मा नेकपा (एमाले) का हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी विजयी भए ।

उनीहरुका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका (क) मा किरण भट्टराईले १४ हजार ४८१ र (ख) मा नेपाली कांग्रेसकै उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्