राष्ट्रसंघ प्रतिनिधिको भ्रमणले आपसी समझदारीमा वृद्धि-उत्तर कोरिया

सहयात्रा टिभी

उत्तर कोरिया । राष्ट्रसंघका उच्च अधिकारीको प्योङ्याङको भ्रमणका क्रममा भएका वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसंघको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको उत्तर कोरियाले जनाएको छ ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए) ले संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिवको भ्रमणको अन्तिम दिन एक प्रेस विज्ञप्ति जारी गरी दुवै पक्षले भ्रमणलाई स्वभाविक र आवश्यक रहेको महशुस गरेका जनाएको छ । ‘भ्रमणका क्रममा दुवै पक्षबीच विश्वासको वृद्धि गरेको र निरन्तर यस्ता किसिमका विचारको विभिन्न तहमा आदान–प्रदान हुनुपर्ने सहमति भएको छ ।’

उपमहासचि जेफ्रे फेल्टम्यान लगायतका दुई राष्ट्रसंघीय पदाधिकारीले डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए । उनीहरूले उत्तर कोरियाका विदेश मन्त्री तथा उपविदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय सहकार्य गरी कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको जनाइएको विज्ञप्तिमा छ ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्