केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेद्वार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले चलाएको बा २८ प २१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिएका छन् । शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्