महोत्तरीको क्षेत्र नं १ मा नेता पोखरेल विजयी

सहयात्रा टिभी

महोत्तरी । महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् । उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरेकी छन् ।

यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित थिए । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री थिए ।

उनी २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री भएका हुन् । त्यस्तै महोत्तरी क्षेत्र नं १ को (कं) मा शारदादेवी थापा र (ख) मा भरत साह निर्वाचित भएका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्