‘वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा’

सहयात्रा टिभी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए । उनले अब देश समृद्धितर्फ अघि बढेको बताए । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उनले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताएका छन् ।

सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पहल हुने दाहालले बताए । आफू काठमाण्डाँं फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग््याउने उनले बताए । उनले भने–‘पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।’ अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ थियो । ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उनले बताए ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्