केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुर–१ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी

सहयात्रा टिभी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका हरिशरण लामिछाने विजयी भएका छन् । उनी १२ हजार ७८९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गरेका छन् । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो स्थानमा रहेका छन् । यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेद्वार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी भएका छन् । गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी भए । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्वार रोमन शिलाकार आठ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहे भने कांग्रेसका उम्मेद्वार अनिल भुजू पाँच हजार ४४३ मतका साथ तेस्रो स्थानमा रहे ।

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७.३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्