३००० वर्ष पुरानो चिहानमा भेटियो बालकको शव

एजेन्सी । इजिप्टमा तीन हजार वर्ष भन्दा पहिलो मृत्यु भएका चार बालकको चिहान (ममी) भेटिएको छ । उक्त चिहानमा रहेको बालकको शव अहिले पनि सुरक्षित रहेको छ । इजिप्टको शहर अस्वान नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका ममीमा शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् ।
स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् । चारमध्ये एक चिहानमा ममी बनाउनका लागि प्रयोग गरिएको लेनिनको कपडा पनि भेटिएको इजिप्टको पुरातत्व मन्त्रालयका निर्देशक एमन अशमावीले बताउनुभयो । भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९र५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले बताएका छन् । त्यसबेला इजिप्टमा १८ औं राजवंशले शासन थियो ।
पुरातत्वविदले भेट्टाएको बालबालिकाको ममी मध्ये पहिलो दुई देखि तीन वर्षको बच्चाको हो । यस्तै दोस्रो ममी ६ देखि ९ वर्षको बच्चाको रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तै ममीमा जन्तर र भाँडाकुँडा पनि भेटिएका छन् ।
त्यहाँ भेटिएका चिहान, बालबालिका शव, तथा महिलाको प्रतिमाबाट इजिप्टको १८ औं राजवंशका बारेमा धेरै कुरा जानकारी पाउन सकिने अनुसन्धानमा संलग्न पुरातत्वविदले जनाएका छन् ।