केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा तीन दर्जन पार्टीवाट अव संसदमा पाँच पार्टीमात्रै

सहयात्रा टिभी

काठमाडौं । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु रहेकोमा आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व रहनेछ । प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अव अस्तित्व समाप्त हुनेछ । प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच वटा पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएसंगै पांच पार्टी मात्रै संसदमा रहनेछन् ।

संविधानअनुसार ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । संविधानबमोजिम ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुबाट निर्वा्चित भएका पार्टीहरु स्वतन्त्र सांसदको रुपमा मात्रै संसदमा रहनेछन् ।

प्रकाशित : 16 December, 2017

प्रतिक्रिया दिनुहोस्