समानुपातिकमाः ५० जिल्लामा एमाले पहिलो, ६ जिल्लामा मात्र माओवादी
सहयात्रा टिभी
काठमाण्डौं । प्रत्यक्षतर्फ १६५ मध्ये ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले समानुपातिकतर्फ ७७ मध्ये ५० जिल्लामा पहिलो बनेको छ । जिल्लामा समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा एमालेले ५० जिल्लामा पहिलो मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
समग्र मतमा एमालेभन्दा करीब ५० हजार मतले पछि परेको नेपाली कांग्रेसले १७ जिल्लामा समानुपातिकतर्फ पहिलो पमत प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट जिते पनि समानुपातिकमा एमालेको हाराहारी मत पाउँदा १७ जिल्लामा अग्रता लिएको हो । प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो बनेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने ६ जिल्लामा मात्र अग्रता पाएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीले तीन र संघीय समाजवादी फोरमले एक जिल्लामा समानपातिकतर्फ पहिलो मत पाएका छन् ।