महायज्ञबाट १९ लाख संकलन

सहयात्रा टिभी

दमक । झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करीब १९ लाख संकलन भएको छ । मन्दिरका उपाध्यक्ष तथा प्रचार समितिका संयोजक पुण्यप्रसाद खनालका अनुसार गत मंसिर ९ देखि १७ गतेसम्म मन्दिर परिसरमा सञ्चालित श्रीमद्भागवत धानयाञ्चल महायज्ञबाट १८ लाख ९४ हजार ४३५ सहयोग जुटेको हो ।

सहयोग प्राप्तमध्ये महायज्ञ सम्पन्न गर्न रु सात लाख १० हजार २८२ खर्च भई कूल ११ लाख ८४ हजार १५३ बचत भएको उपाध्यक्ष खनालले जानकारी दिए । महायज्ञबाट संकलित सहयोगले धर्मशाला भवन निर्माणसँगै अक्षय कोषमा जम्मा गरिने मन्दिरका अध्यक्ष तिलक थापाले बताए ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्