‘ओली–प्रचण्ड आपसी समझदारीमै पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ’

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आपसी समझदारीबाट पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रावलले दुई नेतालाई सन्तुलनमा राखेर अघि बढ्ने बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेतालाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्छौं’–उनले थपे–‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुवै नेताहरुलाइ सन्तुलनमा राखेर हामी अघि बढ्छौं ।’ उनले पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्