विद्यालयमा एक लाखको अक्षयकोष स्थापना
सहयात्रा टिभी
इलाम । इलाम नगरपालिका–१ साँखेजुङका एक समाजसेवीले नेपालटार माविमा एक लाखको अक्षयकोष खडा गरेका छन् ।
हाल इलाम नगरपालिका–९ मा स्थायी बसोवास गर्दै आएका यामबहादुर गुरूङले आफना स्व. हजुरबुबा मनिराज गुरूङ र हजुरआमा मनमाया गुरूङको स्मृतिमा सोमबार एक लाखको ‘मनि–मनमाया अक्षय कोष’ खडा गरेका हुन् ।
ब्रिटिस सेनामा कार्यरत गुरूङले विद्यालयको भौतिक संरचना निर्माणका लागि २५ हजार सहयोग पनि गरेका छन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट आएको रकमले हरेक वर्ष विद्यालयका उत्कृष्ठ एवम् गरीब–जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने छ ।