केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरहामा पशुपक्षी बीमा प्रभावकारी

सहयात्रा टिभी

लहान । सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४÷७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ ।

आव २०७२-७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा छ । पशुपक्षीको बीमा कार्यक्रम अन्तर्गत चालु आवको साउनदेखि मंसिरसम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बीमा गराएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. काँशीनाथ यादवले जानकारी दिए ।

उनका अनुसार सिरहामा पशुतर्फ १४० गाई, ६६ भंँसी, १८५ बाख्रा र १२ वटा बँगुरको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदान स्वरुप दिने र २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था रहेको प्रमुख डा. यादवको भनाइ छ ।

बीमा कार्यक्रम अन्तर्गत चालु आवको हालसम्ममा पशुतर्फ एक करोड ५४ लाख ५८ हजार, पक्षी (कुखुरा) तर्फ १३ लाख २३ हजारको बीमा भएको लहानस्थित लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बीमा गरिएको छ ।

प्रकाशित : 20 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्