टोखामा गोली चल्दा महिला घाइते
सहयात्रा टिभी
काठमाडौं– राजधानीको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो ।
जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ ।
गोली लागेर दुर्गा चूडाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छ । गोली के कारणले चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।