केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले स्थायी कमिटीको निर्णय : अव सरकार गठनको तयारी र पार्टी एकता तिव्र रुपमा अघि बढ्छ

सहयात्रा टिभी

काठमाडौ । नेकपा एमालेले सरकार गठनको तयारी र पार्टी एकतालाई तीव्रता दिने बताएको छ । एमाले उपाध्यक्ष बामदेव गौतम निवास भैसीपाटीमा बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले ताजा जनादेशबाट सबैभन्दा ठुलो पार्टी बनेको एमालेले सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधीसभाको मत परिमाण आइसकेपनि जनादेश अनुसार नयाँ सरकार गठनका लागि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिमाण बझुाएको छैन । बैठकले सरकार गठनको तयारी र पार्टी एकीकरण सम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । सो बैठकमा वोल्दै एमाले अध्यक्ष ओलीले माओवादी पार्टी एकता गर्नमा दृढ देखिएको भन्दै एमालेले पनि पार्टी एकताबारे छलफल अगाडि बढाउनु पर्ने बताएका थिए ।

प्रकाशित : 23 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्