राष्ट्रपतिले अध्यादेश रोकेको भन्दै आन्दोलनमा नेविसंघ
सहयात्रा टिभी
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा विधेयक रोकेको आरोव लगाउँदै नेपाली कांग्रेसको भ्रात्तृ संगठन नेपाल विद्यार्थी संघ सडक आन्दोलनमा उत्रिएको छ ।
नेवि संघले आइतबार प्रदर्शनी मार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सिर्जना गर्न खोजेको नेवि संघले आरोप लगाएको छ ।