प्रहरीको गोलीबाट मृत्यु भएका म्यादी प्रहरी ऐडिको परिवारलाई २५ लाख दिइने

सहयात्रा टिभी

कालीकोट । कालीकोटमा पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटेको छ । घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन शुक्रबार बाटनै कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो । समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने बताईएको छ ।

कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

सरकारकारले मृतक परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ।विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो। बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्