केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको पुनः संरचना गर्न सभापतिलार्इ दबाब दिन्छु : प्रकाशमान सिंह

सहयात्रा टिभी

काठमाडौ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताउनु भएको छ । सोमबार काठमाडौं क्षेत्र नम्बर–१ मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसलाई सुधार गरेर जानुपर्ने बताउनु भएको हो ।

उहाँले कांग्रेस सुधारका लागि पहल गर्ने र त्यसका लागि सभापति शेरबहादुर देउवालाई दवाव दिने बताउनु भयो । पार्टीको विधानअनुसार कांग्रेसमा सुधार गर्ने भनेर आफू लागिसकेको बताउँदै उहाँले ‘कांग्रेसलाई समानुपातिकमा आएको भोटले पनि कांग्रेसप्रतिको मोह घटेको छैन भन्ने प्रमाणित भएको बताउनु भयो ।

कांग्रेसले आफूले गरेको प्रचार प्रसारलाई खासै ध्यान नदिएका कारण मतदाताहरू अल्मलिएको उहाँको भनाइ थियो।  अहिलेको निर्वाचनले आफूले गरेको सानो कामको पनि पब्लिसिटी आवश्यक रहेछ भनेर देखाएको उहाको टिप्पणी छ। विकासका लागि नेताको मात्रै मुख ताक्न नहुने र मतदाताहरूले पनि दबाब दिइरहनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्