केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकतामा दायाँबायाँ हुदैन : नारायणकाजी श्रेष्ठ

सहयात्रा टिभी

काठमाडौ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग कुनैपनि हालतमा पार्टी एकता हुने बताउनु भएको छ ।

सोमबार गोरखाको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर–२ का जनताको छनोटमा यसपटक आफू नपरे पनि आफूले स्वाभाविक मानेको बताउनु भयो ।

पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उहाँको भनाई थियो ।

नेता श्रेष्ठ वाम गठबन्धनले आयोजना गरेको चुनावी समीक्षा बैठकमा सहभागी हुन गोरखा जानु भएको थियो ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्