केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाम एकताको गृहकार्य आजबाट शुरु

सहयात्रा टिभी

काठमाडौं । बाम गठबन्धनविचको पार्टी एकताको गृहकार्य आजबाट शुरु हुने भएको छ । केही दिनदेखी बस्न नसकेको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजधानी फर्किएसगै बस्न लागेको हो । दाहाल विगत केही दिनदेखी आफु चुनाव जितेको चितवन क्षेत्र नम्वर ३ लगायतका अन्य स्थानका कार्यक्रममा व्यस्त रहनु भएको थियो । दाहाल दिउसो राजधानी फर्किए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसग भेटवार्ता हुने र एकता संयोजन समितिको बैठक बस्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेशसभावको निर्वाचनपछि पहिलो पटक बस्न थालेको बैठकमा एकताको खाका, सरकार गठन र राष्ट्रिय सभासम्बन्धी अध्यादेशका विषयमा छलफल हुने बताइएको छ । एकता संयोजन समितिमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहालसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् ।

प्रकाशित : 26 December, 2017

प्रतिक्रिया दिनुहोस्