केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सत्ता हस्तान्तरणका लागि आतुर छु : प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरणका लागि आतुर रहेको बताएका छन् । चितवनको सौराहामा आज हात्ती महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सत्ता हस्तान्तरणका लागि आतुर रहेपनि राष्ट्रियसभा गठनसम्बन्धि विधेयक राष्ट्रपति कार्यालयमा अड्किँदा सत्ता हस्तान्तरण हुन नसकिरहेको बताएका हुन् ।

पार्टी र देशलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन कांग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको प्रधानमन्त्री देउवाको दाबी थियो ।

प्रकाशित : 26 December, 2017

प्रतिक्रिया दिनुहोस्