केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति, ओली र प्रचण्डविच अध्यादेशबारे छलफल

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविच भेटवार्ता भएको छ । उनिहरुविच बिहीबार बिहान राजनीतिक परामर्शका लागि भेटवार्ता भएको वुझिएको छ । परामर्शका लागि ओली र प्रचण्ड बिहीबार बिहान ९ बजे शितल निवास पुगेका थिए ।

भेटमा राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेशका विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न दबाव दिँदै आएको छ ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्