केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार गठन प्रक्रियामा समर्थन रहन्छ : राप्रपा

सहयात्रा टिभी

झापा । बाम गठबन्धनको सहयोगमा एक सिटमात्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सरकार गठनका लागी एमालेलाई सघाउने भएको छ । राप्रपाका महामन्त्री तथा झापा–३ बाट निर्वा्चित सांसद राजेन्द्र लिङ्देनले सरकारमा जाने कुनै योजना नभएपनि एमाले नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने बताउनु भयो ।

झापाको बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रममा महामन्त्री लिङ्देनले आफूहरुको एक सिट मात्रै भएकोले त्यसको खासै महत्व नहुने हुदा सरकारमा नजाने बताउनुभएको हो ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्