केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाफलमा सवारी दुर्घटनाबाट एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुष २४– गएराति बाफलमा यात्रुबहाक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको चित्लाङ घर भइ बाफल बस्दै आएका २२ वर्षीय विनोद गोले रहेका छन् । आइतबार राति साढे करिब साढे ८ बजे बा २ ख १७८१ नम्बरको बसले ठक्कर दिँदा गोलेको मृत्यु भएको प्रहरी वृत कालीमाटीका जानकारी दिएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच, काठमाडौंको नयाँबजारमा सोमबार बिहान यात्रुबहाक बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरी वृत सोह्रखुट्टे दिएको जानकारी अनुसार बा २ ख ९४ नम्बरको बसको ठक्करबाट सइकलयात्री गोरखा घर भइ हाल काठमाडौं बस्दै आएका २५ वर्षीय आशीष गुरुङ घाइते भएका छन् ।उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्