छोरीलाई विहेमा दिएको दाईजो फिर्ता लगे

सहयात्रा टिभी

रौतहट, पुष २४ । रौतहटमा छोरीलाई अपहेलना गरेको भन्दै माईतीपक्षले ज्वाईको घरबाट दाईजो फिर्ता लिएका छन् ।

गत बैशाखमा सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ निवासी विष्णुकुमार बराल वि.क.को छोरी राधिका बराल वि.क.को रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं ५ का नारायणबहादुर कामीका छोरा शाहीले वि.क.सँग मागी विवाह भए पनि छोरीलाई हेंला गरेको भन्दै माइतीपक्षले दाईजो फिर्ता लगेको हो ।

काठमाडौंमा ईन्जिनियरिङ्ग स्नातक तहमा अध्ययनरत शाहीले वि.क. सँग मागी विवाह गरेकी युवतीलाई विवाह पश्चात श्रीमानले वास्ता नगरेको भन्दै युवतीको माईती पक्षले दाईजो फिर्ता लगेका हुन् । विवाहमा दिइएको मोटरसाईकल, दराज, पलङ्ग, सुनका गरगहना, उपहारमा आएका गाग्री, भाँडा कुँडालगायत सबै सामान फिर्ता लानुका साथै कानुन बमोजिम सम्बन्ध विच्छेद गर्ने माईतीपक्षले जनाएका छन् ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्