बैंककै कर्मचारीले गरे ४० लाख रकम हिनामिना

काठमाडौं । सिभिल बैंकका एक कर्मचारीले आफ्नै बैंकको ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरले प्रक्राउ गरेको छ । बैंकको बौद्ध शाखामा कार्यरत कर्मचारी महेश्वर डंगोललाई प्रहरीले रकम हिनामिना गरेको आरोपमा आज प्रक्राउ गरेको हो । इन्टरनेट बैंकिङमार्फत रकम अनाधिकृत रुपमा आफ्नो खातामा जम्मा गरेपनि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको छ । सिआईबी स्रोतका अुनसार बैंककै जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । ४० लाख रुपैयाँ गायब भएपछि बैंकले आन्तरिक अनुसन्धान गर्दै थप अनुसन्धानका लागि सिआईबीमा उजुरी दिएको थियो।
सिआईबीले अनुसन्धान गरी कर्मचारीले नै इन्टरनेट बैंकिङ अनाधिकृत रुपमा आफ्नो खातामा पैसा ट्रान्सफर गरेको खुलेको हो । पक्राउ परेका डंगोललाई प्रहरीले बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।