हिरासतमै डा.केसीको अनसन : डा. केसीको प्रक्राउ विरुद्ध आज बिहान ८ बजे माइतिघरमा प्रर्दशन
काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा प्रक्राउ परेका डाक्टर गोविन्द केशीले हिरासतमै आमरण अनसन बसेका छन् । त्रिवि शिक्षण अस्पतालबाट महानगरिय प्रहरी वृत्त सिंहदरवार पु¥याइएका केसीले अनसन जारी राखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
न्याय व्यवस्था, न्यायापालिका र न्यायाधीशहरुका बिरुद्ध अमर्या्दित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिब्यक्ति उल्लेख गरेको भन्दै सर्वोच्चले प्रक्राउ गरेर सोमवार विहान ९ बजे उपस्थित गराउनु भन्ने गृह मन्त्रालयले प्रहरी प्रधान कार्यलयलाई आदेश दिएलगत्तै डा. केसीलाई सोमवार साँझ आदेशलगत्तै अनसन स्थलबाटै प्रक्राउ गरेको होे ।
दोषी ठहर भए एक वर्ष कैद
डा केसीले अदालतको अवहेलना गरेको ठहरियो भने उनलाई एक वर्ष कैद र दश हजार जरिवाना अथवा दुवै हुन सक्छ । उक्त ऐनको उपदफा ४ मा ‘अदालतको अवहेलना गरेको ठहर भएमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने भनिएको छ । यदी केसीले अदालतसँग क्षमा मागे उनलाई माफी दिने यसअघिका नजिरहरु पनि रहेको कानुनकाज्ञाताहरु बताउछन् ।
यस्तै, अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थकहरुले मंगलवार बिहान ८ बजे माइतिघरमा प्रदर्शन गर्ने भएका छन् । डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा. केसी एलायन्स’को आयोजनामा प्रदर्शन हुन लागेको हो । एलायन्सले डा केसीको हरेक अनसनमा साथ दिँदै आएको छ।