खाना नमिठो बनाएको भन्दै झगडा हुँदा एकको मृत्यु

सहयात्रा टिभी

नुवाकोट । वर्दिया अस्थाई घर भई आवास निर्माणका लागि नुवाकोटमा कार्यरत रघुनाथ सिग्देलको कुटपिटबाट मृत्यु भएको छ ।

विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माण कार्यमा कार्यरत ३६ वर्षका सिग्देलको कामगर्न आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पु¥याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हँुदा कुटपिट भएको थियो ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्