केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरीमा अत्याधिक चिसोका कारण दुई वालबालिकाको मृत्यु

सहयात्रा टिभी

सप्तरी । एक हप्तादेखि मूलुकभर बढेको चिसो र शीतलहरका कारण सप्तरीमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ का मण्डलकी ६ महिनाको छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीय बासिन्दाले जनाएका छन् । दुवैको शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्