डा. गोविन्द केसीलाई आज हिरासतमै राखिने:बुधवार बहस हुने

काठमाडौं । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई आज हिरासतमै राख्ने भएको छ । थुनछेकको बहस हुन नसकेपछि उनलाई प्रहरी हिरासतमै राखिने भएको हो । उनलाई आज अदालतमा उपस्थित गराएर बयान लिइएको थियो।
मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताएका थिए । उनले आफु भ्रष्टाचारविरुद्धको लडाईमा अडिग भएको बयान दिएका थिए।