टेकुमा सवारी दुर्घटनाबाट एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । टेकुमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।

गयराति पौने १२ बजे रोकिराखेको ना ५ ख १६४३ नम्बरको ट्रकमा बा ३० प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौंको ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्