केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा.केसी सामान्य तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौ । पस २६– अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी सामान्य तारेखमा रिहा हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासले केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले डाक्टर केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गरेको हो । यसै गरी डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने आज बुधबार बहस भएको हो ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्